नाडेप लघुवित्तको साधारणसभा स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2021 | 08:34:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नाडेप लघुवित्तको साधारणसभा रद्द भएको छ । कम्पनीले जेठ ७ गते शुक्रबार जुम एप मार्फत भर्चुअल रुपमा गर्न लागेको साधारणसभा रद्द भएको हो । कम्पनीले विशेष कारणवश अर्को सूचना जारी नभएसम्मको लागि साधारणसभा रद्द गरिएको उल्लेख गरेको छ  ।

साधारणसभाको लागि आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण पेश गर्ने , आर्थिक वर्ष ७७/७८ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव थियो  । 

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत संस्थाको शेयर संरचना ७०:३० लाई परिवर्तन गरि ५१:४९ कायम गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक परिमार्जन गर्ने, नियामक निकायबाट थप निर्देशन आएमा सोहि अनुसार संशोधन गर्ने अख्तियारी संचालक समितिलाई दिने र मर्जर तथा प्राप्तिको निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने उल्लेख थियो । 

कम्पनीलाई डिप्रोक्स लघुवित्तले गाभ्ने प्रक्रिया सुरु गरेकोले कम्पनीको कारोबार २०७७/९/१६ देखि रोक्का छ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved