रिलायन्स फाइनान्सको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2021 | 10:18:16 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स फाइनान्स Reliance Finance  को लाभांश पारित भएको छ कम्पनीले । वैशाख २२ गते बुधबार लैनचौर स्थित लैनचौर ब्यांक्वेटमा भर्चुअल माद्यमबाट सम्पन्न सभाले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  वितरण हुने लाभांश पारित गरेको हो  । 

साधारणसभाले  आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ८ करोड ३२ लाख ४१ हजार ६  सय ६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशतले हुन आउने ४३ लाख ८१ हजार १ सय ३७ रुपैयाँ बराबरको नगद गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ रहेको छ ।  

त्यस्तै सभाले मर्जर तथा प्रतिको लागि संस्था छनौट गर्ने र उपयुक्त देखिएमा मर्जरको लागि सम्झौता गर्ने र अन्य आवश्यक कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पारित गरेको छ  । त्यस्तै लाभांशपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले सोहि अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित भएको छ । नियामक निकायबाट प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न थप निर्देशन प्राप्त भएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित भएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved