एनएमबि बैंकले जेठ २ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, कति पाइन्छ ब्याज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2021 | 08:48:14 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited ले जेठ २ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले २ अर्ब बराबरको (प्रति कित्ता १ हजार अंकित दरका)  २० लाख कित्ता  ऋणपत्र निष्काशन गर्ने भएको छ । 

जस मध्ये १२ लाख कित्ता सर्बसाधारणलाई र बाँकि ८ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफांड गरिएको छ । 

ऋणपत्र निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा जेठ ५ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने छ ।  आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम ८ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ ।  १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved