मर्जर प्रस्ताव पारित गर्न स्वस्तिक र समाज लघुवित्तले बोलाए विशेष साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2021 | 08:59:10 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर प्रस्ताव पारित गर्न स्वस्तिक लघुवित्त र समाज लघुवित्तले विशेष साधारणसभा आह्वान गरेका छन् । स्वस्तिक लघुवित्तले जेठ ११ गते लहानको होटेल नेमानमा सभा आह्वान गरेको हो भने समाजले पनि जेठ ११ गते नै मलंगवाको जानकी फेमिली होटेलमा सभा आह्वान गरेको हो ।

दुवै संस्थाको सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गर्ने छ । दुवै संस्था १:१ को स्वाप रेसियोमा  मर्ज हुन लागेका हुन् । मर्जपछि बन्ने संस्थाको नाम स्वस्तिक समाज लघुवित्त रहने छ भने केन्द्रिय कार्यालय सिरहाको लहानमा रहने छ । मर्जपछि १० करोड अधिकृत पुंजी, ४ करोड जारी पुंजी र ४ करोड चुक्ता पुंजी सहित एकिकृत कारोबार गरिने उल्लेख छ । राष्ट्र बैंकको निर्देशन अनुसार स्वस्तिक लघुवित्तका संस्थापकहरुले राखेको कल इन एडभान्स वापतको २ करोड ६५ लाख ५० हजार रकमलाई गाभेर ६ करोड ६५  लाख ५० हजार चुक्ता पुंजी हुने उल्लेख छ । 

दुवै संस्थाको विशेष साधारणसभाले मर्जर समबन्धि संचालक  समितिको प्रतिवेदन पारित गर्ने, मर्जर प्रस्ताव पारित गर्ने, डीडिए रिपोर्ट पारित गर्ने, स्वप रेसियो पारीत गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने , नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने लगायतक  प्रस्ताव पेश हुने छन् । 

समाज लघुवित्त आईपिओ निष्काशन गरेर नेप्सेमा सुचिकृत हुनु अगावै मर्जमा गएको हो भने स्वस्तिकले आईपिओ निष्काशन गरेको छैन । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved