प्रुडेन्शियल इन्स्योरेन्सको साधारणसभा स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2021 | 12:41:08 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्शियल इन्स्योरेन्स Prudential Insurance Company  को साधारणसभा स्थगित भएको छ । कम्पनीले जेठ २ गते आइतबार बाराको सिमरा स्थित होटेल इच्छामा साधारणसभा आह्वान गरेकोमा निषेधाज्ञाको कारण अर्को सुचना जारि नभएसम्मको लागि साधारणसभा स्थगित भएको जनाएको छ ।  

सभामा  लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने कार्यसुची थियो। कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने ८ करोड २१ लाख १४ हजार ५ सय ६० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशतले हुन आउने ४३ लाख २१ हजार ८ सय १८ रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रहेको छ  ।

साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved