आज नेप्सेमा २ करोड कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2021 | 02:44:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार २ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । सोमबार ३ कम्पनीको गरि कुल २ करोड १३ लाख  ११ हजार ८ सय ७९ दशमलव ७९ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

आज एउटा बाणिज्य बैंक, एउटा विकास बैंक र एउटा लघुवित्त कम्पनीको शेयर सुचिकृत भएको हो । आज प्राइम कमर्शियल बैंकको १५ प्रतिशतले हुन आउने २ करोड ९ लाख ७७ हजार ८ सय ७४ दशमलव २५ कित्ता बोनस शेयर, सहारा विकास बैंकको २३ प्रतिशतले हुन आउने १ करोड ६७ लाख ८ सय ८८ दशमलव ०४ कित्ता बोनस शेयर र गणपति माइक्रोफाइनान्सको १५ प्रतिशतले हुन आउने १ करोड ६६ लाख १ सय १७ दशमलव ५० कित्ता बोनस शेयर सुचिकृत भएको हो

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved