चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बुटवल Butwal Power Company को खुद नाफामा भारी गिरावट आएको छ । यस अवधिमा कम्पनीको नाफा ४८.८१ प्रतिशतले घटेको हो ।
अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ८९ करोड ५९ लाख खुद नाफा कमाएकोमा समीक्षा अवधिमा नाफा घटेर ४५ करोड ८६ लाखमा सिमित भएको हो ।
यस अवधिमा कम्पनीले ५१ करोड ११ लाख बराबरको विद्युत बिक्रि गरेको छ । कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ३४ करोड १५ लाख रहेको छ । २ अर्ब ९५ करोड चुक्ता पुँजी भएको कम्पनीको रिजर्भमा ३ अर्ब ९९ करोड रहेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी २०.७२ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ २३५.५० रहेको छ ।