एक्सेल डेभलमेन्ट बैंकको लाभांश स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2021 | 12:51:01 PM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेल डेभलमेन्ट बैंक Excel Development Bank Limited को लाभांश स्वीकृत भएको छ। कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले बैशाख २८ गते स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने ९ करोड ७३ लाख ३४ हजार ५ सय ४६ रुपैयाँ ९७ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशतले हुन आउने ५१ लाख २२ हजार ८ सय ७० रुपैयाँ ८९ पैसा नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

राष्ट्र बैंकले स्वीकृति प्रदान गरेसंगै कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार २ सय २४ रुपैयाँ ७२ पैसा रहेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved