अरुण भ्याली हाइड्रोको हकप्रद भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2021 | 08:20:50 AM मा प्रकाशित

laxmi  sunrise bank

अरुण भ्याली हाइड्रोपावर Arun Valley Hydropower Development Company ले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज जेठ २ गते अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख ६ गतेदेखि १:०५ को अनुपातमा ५० प्रतिशतले हुन आउने ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १ सय ९७ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । 

 लगानीकर्ताले मेरो शेयर अनलाइन तथा सम्पूर्ण सीआश्वा बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सक्ने छन् । कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि चैत्र ९ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेकोले चैत्र ८ गते गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

नेपाल धितोपत्र बोर्डले फागुन २५ मा कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन प्रस्ताव गरेपनि विद्युत नियम आयोगले कम्पनीलाई २ चरणमा हकप्रद निष्काशन गर्ने अनुमति प्रदान गरेको थियो ।  हालको ५० प्रतिशत हकप्रद निष्काशनपछि कम्पनीले  फेरी दोस्रो चरणको हकप्रद निष्काशन गर्ने छ । 

कम्पनीले आफुले निर्माण गर्न लागेको २ वटा आयोजनाको लागि रकम जुटाउन हकप्रद निष्काशन गर्न लागेको हो ।  हकप्रद शेयर मार्फत उपलब्ध भएको रकमलाई कम्पनीले काबेली बी १ जलविद्युत आयोजना र अपर काबेली २ जलविद्युत आयोजना गरी कुल २३.५ मेगावाट आयोजनाको निर्माण कार्यमा उपयोग गर्ने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved