सानिमा लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, आईपिओ निष्काशन प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2021 | 08:35:35 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाइफ इन्स्योरेन्स Sanima life Insurance ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ २३ गते आइतबार आफ्नै प्रधान कार्यालय कमलादीमा सभा आह्वान गरेको हो ।

साधारणसभामा आईपिओ निष्काशन सहितका ७ प्रस्ताव पेश हुने छन् । कम्पनीले सर्वसाधारणलाई ६० करोड रकम बराबरको शेयर निष्काशन गर्ने तयारी गरेको छ । शेयर निष्काशनको लागि लागि कम्पनीले  प्रभु क्यापिटल लिमिटेड Prabhu Capital Limited  लाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ। आइपीओ बिक्रि वितरणपछि सानिमा लाइफको चुक्तापुंजी २ अर्ब पुग्नेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्व ४० करोड रुपैयाँ छ।

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पेश गर्ने, लेखा परिक्षण प्रैवेदन तथा अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, संचालकहरुको बैठक भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने सामान्य प्रस्ताव पेश हुने छन् ।

त्यस्तै विशेष प्रस्तावमा आईपिओ निष्काशन गर्ने, कम्पनीको नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved