नेप्सेमा ५४ अंकको वृद्धि र १० अर्बको कारोबारले गरेको संकेत के हो ? विश्लेषणसहित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 16, 2021 | 04:13:23 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आईतबार नेप्से सूचक दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ५४.२६ अंकले बढेर २७३८.३५ को बिन्दुमा पुगेको हो । यो हालसम्म कै अल टाइम हाई हो । 

आज १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २१४ कम्पनीको २ करोड १३ लाख २८ हजार ८ सय ८२ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो । 

लामो समयपछि बजारमा १० अर्ब बढीको कारोबार भएपछि बजारमा ठूला लगानीकर्ता प्रवेश गरिएको आंकलन गरिएको छ । शेयर बजार विश्लेषक अम्बिका पौडेल बजारमा ठूला लगानीकर्ता बुझेका लगानीकर्ता प्रवेश गरको बताउछन् ।  केहि दिन अगाडी राजनीतिक अस्थिरता रहेको र राजिनितीले केहि निकास लिएसंगै कन्फ्युजनमा रहेका ठूला लगानीकर्ताहरु र बजार बुझेका लगानीकर्ताहरु बजार प्रवेश प्रवेश गरेको पौडेलको भनाई छ। लगानीकर्ताको मनोबल बढेको र बजारले पनि अल टाइम हाइको रेकर्ड बनाएकोले आगामी दिनमा पनि यसले निरन्तरता पाउने पौडेलको आंकलन रहेको छ ।  

त्यस्तै नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार ठूला लगानीकर्ता मात्र नभई बजारमा साना लगानीकर्ता र विदेशबाट लगानी गर्ने लगानीकर्ता पनि बजार प्रवेश गरेको बताउछन् ।  १३ वटै सब इन्डेक्स बढ्नु रामो संकेत भएकोले आगामी दिनमा बजार अझै बढ्ने उनको भनाई छ ।  खस गरि बैंकको ब्याज दर कम भएको, सहजै केहि दिन मै शेयर लोन उपलब्ध हुने भएको, बैंकलाई लगानी गर्ने अन्य ठाउँ हाल बन्द रहेको र बेस रेट समेत घटेकोले बजारमा चमक आएको उनको भ्नैई छ ।  कोभिडको कारणले अझै ६ महिनाजति ब्याजदर नबढ्ने उनको अनुमान छ ।  साथै अनलाइन प्रणालीमा सुधार भएको, र जुनसुकै देशबाट अनलाइन मार्फत कारोबार गर्न मिल्ने भएकोले पनि कारोबार रकम बढेको उनको भनाई छ ।  

अहिले सूचक हालसम्म कै उच्च अंकमा पुगेको भए पनि ७० प्रतिशत कम्पनीको शेयर मूल्य बढ्न बाँकि रहेकोले रियल बुलिस मार्केट अब देखिने अध्यक्ष रौनियार बताउछन् ।   हाल टेलिकम, निफ्रा, एनआरआईसी, चन्द्रागिरी, विशाल बजार कम्पनी, साल्ट ट्रेडिङ, हिमालय डिस्टिलरी, तामाकोशी, शिवम सिमेन्ट जस्ता कम्पनीको  कारण सूचक उच्च भएको तर बढी बाहुल्यता रहेको बैंक तथा वित्तीय संस्थाको शेयर मूल्य अझै नबढेको उनको भनाई छ ।  अधिकांश बजार हिस्सा ओगटेको बैंक, विकास बैंक, फाइनान्स, इन्स्योरेन्स समुहको मूल्य अझै तुलनात्मक रुपमा कम भएकोले यी कम्पनीको मूल्य बढेपछि बुलिस मार्केट देखिने रौनियार बताउछन् ।  साथै नियामकको कदम र बजार विकास विस्तारको  लागि भएको विभिन्न कार्यहरुले पनि बजारमा टेवा पुगेको उनको भनाई छ ।  

बढ्दो बजारमा जथाभावी लगानी नगरी आफुले खरिद गर्ने कम्पनीबारे जानकारी लिएर, जोखिम बहन गर्ने आफ्नो क्षमतालाई हेरेर मात्र लगानी गर्न उनको सुझाव छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved