एनआईसी एशियाको नयाँ म्युचुअल फण्ड 'सेलेक्ट ३०' धितोपत्र बोर्डबाट स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2021 | 04:45:30 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एन आई सी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड)ले  नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको छ । बोर्डबाट स्वीकृति पाएसंगै कम्पनीले फण्ड बिक्रि गर्न सक्ने छ । 

प्रति इकाई मूल्य रु.१० दरको १० करोड इकाई मध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक एन आई सी एशिया बैंकलाई सुरक्षित राखी बाँकी न्युनतम ८ करोड ५० लाख इकाई निकट भविष्यमा नै सार्वजनिक रुपमा बिक्री गर्ने छ । एन आई सी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस सेलेक्ट –३० (इन्डेक्स फण्ड) सात वर्ष अवधि रहेको तेश्रो बन्दमुखी योजना हो । उक्त योजनामा संकलित अधिकाशं रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने कम्पनीले जनाएको छ । 

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीका अनुसार यस योजनाले सूचिकृत कम्पनीहरुमा लगानी गर्दा सूचिकृत कम्पनीहरुबाट राम्रा मानिएका कम्पनीहरु मध्ये ३० वटा कम्पनीहरु छनौट गरी लगानी गर्ने छ । लगानी गरिने कम्पनीहरुको छनौट गर्दा विभिन्न आन्तरिक प्यारामिटर अनुसार गरिने छ । 

विशेषत सूचिकृत कम्पनीहरुमा लगानी गर्दा ३० वटा कम्पनीहरुमा लगानी गरिने भएता पनि लगानीको अवसर र चुनौती हेरी लगानी गर्ने कम्पनीहरुको संख्यमा थपघट हुने र निश्चित समय पछि उक्त कम्पनीहरुको संख्यालाई पुनः मुल्याङ्गकन गरी ३० भन्दा बढी नहुने गरि कायम गरिने क्यापिटलले जनाएको छ । 

हाल एन आई सी एशिया क्यापिटलले दुई वटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजना संचालन गरिहेको छ । साथै क्यापिटलले एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पाँचौं योजना एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड नामक योजना स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गराईसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved