थप ५ कम्पनी बुक विल्डिङ्ग आईपिओको मूल्य तोक्ने प्रक्रियामा सहभागी हुन पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2021 | 04:46:42 PM मा प्रकाशित

laxmi  sunrise bank

बुक विल्डिङ्ग विधि मार्फत निष्काशित हुने आईपिओको लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न थप ५ कम्पनीले स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डले आज आइतबार थप ५ कम्पनीलाई स्वीकृति दिएको हो ।

यसै संगै यस्तो स्वीकृति पाउनेको संख्या ८८ पुगेका छन् । यस अघि बोर्डले  एक साथ ४६ कम्पनीलाई, त्यसपछि दोस्रो चरणमा थप १८ कम्पनीलाई र तेस्रो चरणमा थप १० कम्पनीलाई र चौथो चरणमा थप ९ कम्पनीलाई र आज ५ कम्पनीले स्वीकृति पाएसंगै यस्तो स्वीकृति पाउनेको संख्या ८८ पुगेको हो ।

आज स्वीकृति पाउनेमा सीबिआइएल क्यापिटल, सिटिजन्स म्युचुअल फण्ड १, सिटिजन्स म्युचुअल फण्ड २, एनआरएन इन्फ्रास्ट्रकचार एण्ड डेभलपमेन्ट र कुमारी इक्विटी फण्ड रहेका छन् ।

बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नु पर्नेछ । खरिद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्नु पर्नेछ। संस्थागत लगानीकर्तालाई निष्काशन गरेको धितोपत्र बजारमा सूचिकरण भएको मितिले छ महिना सम्म बिक्री वा हस्तान्तरण गर्न सक्ने छैन ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved