सोमबार ११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, पुनर्बीमा र टेलिकमको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2021 | 03:19:37 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार नेप्से सूचक दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक २०.७१ अंकले बढेर २७५९.२२ को बिन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च बिन्दु हो ।  

आज ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १ सय ३९ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २१८ कम्पनीको १ करोड ९० लाख ५६ हजार २ सय ३६ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो । 

आज रुरु जलविद्युत परियोजना, समता घरेलु लघुवित्तम राधि हाइड्रो लगायत ११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज होटल र पर्यटन, विकास बैंक लगायतका समुहगत सुचक घटेको छ भने हाईड्रोपावर, बैंकिङ्, फाईनान्स लगायत अन्य सबैको समूहगत सुचक बढेको छ । 

आज नेपाल पूनर्बिमा कम्पनीको सबैभन्दा धेरै ६६ करोड १ लाख र नेपाल दुरसञ्चार कम्पनिको ४२ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved