आज ३४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट, कारोबार रकम र सूचकले बनायो नयाँ रेकर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2021 | 03:26:48 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज मंगलबार नेप्से सूचक दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ३४.६८ अंकले बढेर २७९३.८९ को बिन्दुमा पुगेको हो । यो नै नेप्से सूचकको हालसम्मको उच्च बिन्दु हो । 

आज  ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २१५ कम्पनीको २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो । आजको कारोबार रकम पनि हालसम्म कै धेरै हो ।

आज समता घरेलु लघुवित्तम, विशाल बजार कम्पनी, राधि हाइड्रो लगायत ३४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज उत्पादन तथा प्रशोधन समुह  बाहेक सबैको समुहगत सुचक बढेको छ । सबै भन्दा बढि होटेल र पर्यटन समुह ६.१५ प्रतिशतले बढेको छ । 

आज नेपाल पूनर्बिमा कम्पनीको सबैभन्दा धेरै ६७ करोड ९२ लाख र राष्ट्रिय जीवन बीमा  कम्पनीको ३१ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज सर्बाधिक गुमाउनेको सुचीमा टेलिकम रहेको छ । आज टेलिकमको शेयर मूल्य १.०७ प्रतिशतले घटेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved