मूल्यांकन अवधि १२० बाट बढेर १८० दिन हुँदा शेयर धितोको कर्जामा अब के पर्छ असर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2021 | 05:36:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको लागि मुल्यांकन गणना विधि परिमार्जन गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गर्दै गण विधिको समय परिमार्जन गरेको हो  । 

यस अघि शेयरको मूल्याङ्कन गर्दा पछिल्लो १२० दिनको अन्तिम मूल्यको औसत मूल्य वा प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ सोको आधारमा गणना गर्ने गरिएकोमा अब भने शेयरको मूल्याङ्कन गर्दा पछिल्लो १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ सोको आधारमा गणना गरिने छ । अर्थात् १२० दिनको अवधिलाई १८० दिन बनाईएको छ  । 

समिक्षामा भनिएको छ 'बैंक तथा वितीय संस्थाहरुले प्रवाह गर्ने कर्जामध्ये शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सुरक्षण बापत् शेयरको मूल्याङ्कन गर्दा पछिल्लो १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ सोको आधारमा गणना गर्ने व्यवस्था मिलाई उक्त मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्थालाई निरन्तरता दिइएको छ ।'

यस संगै यसको के प्रभाव पर्छ भन्ने बारे चासो सुरु भएको छ । नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार यो ब्यबस्थाले लगानीकर्ताले पाउने ऋण रकममा हल्का फूल्का कमी आउने तर यसले त्यस्तो ठुलो असर नगर्ने बताउछन् । १८० दिनको औसत लिने भनेको पछिल्लो ६ महिनाको औसत मूल्य लिइने र पछिल्लो ६ महिनामा बजार राम्रै रहेकोले यो ब्यबस्थाले खासै असर नगर्ने र आत्तिनु नपर्ने उनको उनको भनाई छ । ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था कायम नै रहेकोले ऋण रकममा थोरै फरक पर्ने तर खासै असर नगर्ने उनी बताउछन् । बजारमा पर्याप्त तरलता रहेको र बैंकहरुसंग बजारमा लगानी गर्न योग्य रकम अझै धेरै रहेकोले यो ब्यबस्थाले खासै फरक नपर्ने र लगानीकर्ताले अहिले जस्तै सहजै ऋण पाई नै रहने उनको भनाई छ ।

उदाहरणको लागि यदि कुनै कम्पनीको १२० दिनको औसत मूल्य ६०० छ र बजार मूल्य ७०० छ भने लगानीकर्ताले ६०० को आधारले ऋण पाउने थिए । तर अब १८० दिनको गणना विधि आएपछि यदि कुनै कम्पनीको १२० दिनको औसत ६०० , १८० दिनको औसत ५५० र हालको बजार मूल्य ७०० छ भने लगानीकर्ताले ५५० को आधारमा ऋण पाउने छन् । यसले ऋण पाउने क्षमता केहि घट्ने हो । तर बैंकहरुको शेयर मूल्यमा त्यति धेरै उतार चढाव नभएकोले त्यति धेरै प्रभाव नपर्ने र आत्तिनु नर्पने विश्लेषकहरु बताउछन् । यसले ऋण लिने क्षमता मात्र फरक पर्ने विश्लेषकहरु बताउछन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved