नेशनल माइक्रोफाइनान्सले ८० हजार कित्ता शेयर लिलाम गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2021 | 09:21:27 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल माइक्रोफाइनान्स National Microfinance Bittiya Sanstha  ले ८० हजार कित्ता संस्थापक शेयर लिलाममा ल्याउने भएको छ । कम्पनीले जेठ १६ गतेदेखि३० गतेसम्म यी संस्थापक शेयर लिलाम गर्न लागेको हो । शेयर लिलाम प्रक्रियाको लागि एनआइबिएल एस बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले ति शेयरको न्युनतम मूल्य प्रति कित्ता १०२२ रुपैयाँ कायम गरेकोले आवेदन दिंदा सो भन्दा बढी मूल्य कबुल गरेर आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

कम्पनीको हाल कायम संस्थापक शेयरधनी वा जो कोहि व्यक्ति, कम्पनी , संघ, संस्थाले यस लिलामीको शेयरमा आवेदन दिन सक्ने छन् । तर पहिलो प्राथमिकता भने हाल कायम संस्थापकलाई दिईने कम्पनीले जनाएको छ ।  आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र  बीमा समितिले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। 

आवेदन दिंदा न्युनतम १ सय कित्ताको लागि अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved