एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाई अनलाइनबाट खरिद गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2021 | 07:45:54 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एन आई सी एशिया डाइनामिक डेप्ट फण्डको इकाईहरु अनलाईन मार्फत खरिद गर्न सकिने भएको छ । योजनाको इकाई लगानीकर्ताहरुले सहजै रुपमा खरिद गर्ने अवसर प्राप्त होस भन्ने मुख्य उद्देश्यका साथ अनलाईन मार्फत एन आई सी एशिया डाइनामिक डेप्ट फण्डको इकाई खरिद गर्न सकिने व्यवस्था मिलाईएको एन आई सी एशिया क्यापिटलले जनाएको छ । 

हाल विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको दोश्रो लहरको संक्रमण देशव्यापी रुपमा दिन प्रतिदिन फैलिरहेको र उक्त संक्रमणलाई रोकथाम गर्नका लागि निषेधाज्ञा जारी गरिएको अवस्थामा अनलाइन प्रणाली ल्याईएको क्यापिटलले जनाएको हो । एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड नेपालमै पहिलो पटक निश्चित् आम्दानी हुने उपकरणहरुमा लगानी गर्ने मुख्य उद्देश्यका साथ संचालित फण्ड हो । 

अनलाईन मार्फत उक्त डेप्ट फण्ड योजनाको इकाई खरिद गर्नको लागि एन आई सी एशिया क्यापिटलको वेभसाइट www.nicasiacapital.com  वा सोझै https://nicddf.nicasiacapital.com मा क्लिक गरि unit purchase भित्र गई रितपुर्वक विवरण भरी योजनाको इकाई खरिद गर्न सकिने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार हाललाई इकाई खरिद बापतको रकम भुक्तानी गर्नको लागि एन आई सी एशिया बैंक लिमिटेडको अनलाईन सेवा, कनेक्ट आइपिएस र खल्ती डिजिटल वालेट मार्फत गर्न सकिने छ । 

यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा क्यापिटलको आधिकारीक मोवाईल नं. ९८५११२१९६४ मा सोझै सम्पर्क गर्न क्यापिटलले आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved