प्रभु क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2021 | 08:23:25 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटल Prabhu Capital  ले निष्काशन गरेको सामुहिक लगानी कोषको इकाईमा आवेदन दिने आज जेठ ९ गते अन्तिम दिन रहेको छ । कम्पनीले  जेठ ५ गतेदेखि  १ अर्ब रकम बराबरको सेलेक्ट फण्ड नामको योजनाको इकाई निष्काशन गरेको हो ।  यो फण्ड प्रभु क्यापिटलले व्यवस्थापन गर्न लागेको पहिलो सामुहिक लगानी योजना हो ।

यो योजना १ अर्ब रकम बराबरको रहेको छ, जसमा १० करोड युनिट रहनेछन् । यस क्यापिटलले निष्काशन तथा व्यवस्थापन गर्ने यो योजनाको ट्रष्टिको रुपमा प्रभु बैंक रहेको छ । कुल १० करोड युनिट मध्ये १ करोड ५० लाख युनिट प्रभु बैंक र प्रभु क्यापिटलले कोषको ट्रष्टि एवं व्यवस्थापकको रुपमा खरिद गर्नेछन् भने बाँकी ८ करोड ५० लाख युनिट सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुलाई खरिद गर्न खुला गरिएको छ ।  

इच्छुक लगानीकर्ताले आवेदन दिंदा न्युनतम १ सय इकाई र अधिकतम ८ करोड ५० लाख इकाईको लागि आवेदन दिन सक्ने छन्  ।  लगानीकर्ताले मेरोशेयर अनलाइन तथा सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । 

 क्यापिटलले प्रभु सेलेक्ट फण्ड नाममा व्यवस्थापन गर्न लागेको यो योजना अहिले सम्म सञ्चालनमा आएका सामुहिक लगानी योजना भन्दा पृथक रहने जनाएको छ । कम्पनीका अनुसार यसले एक पटकमा बढिमा ३० वटासम्म कम्पनीहरुमा लगानी गरी आफ्नो अलग्गै बेन्चमार्क बनाउनेछ जसलाई नेप्से ३० बेन्चमार्कको रुपमा लिएर पनि लगाीकर्ताले यसमा लगानी गर्न सक्नेछन् ।

७ वर्षे अवधि रहेको यो सामुहिक लगानी योजना बन्दमुखी योजना हो । यसले सात वर्षको अवधिमा लगानीकर्तालाई करिब ३ गुणा सम्म प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।  

यो पनि : 

'प्रभु सेलेक्ट फण्डले औषतमा वार्षिक २० प्रतिशत प्रतिफल दिने लक्ष्य राखेको छ' (अन्तर्वार्ता)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved