आईएमई लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, आईपिओ निष्काशन प्रस्ताव पारित हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2021 | 08:58:57 AM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले जेठ ३१ गते भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो ।  

सभामा आईपिओ निष्काशन समबन्धि विशेष प्रस्ताव पेश हुने छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनको तयारी गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रहेको छ भने कम्पनीको अधिकृत चुक्ता पुंजी ३ अर्ब रहेको छ  ।  आईपिओ निष्काशनकोपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब पुग्ने छ भने   संस्थापक साधारण शेयर अनुपात ७०:३० कायम हुने छ  । 

सभामा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, र निमायक निकायबाट प्रबन्धपत्र र नियमावलीमा  थप संशोधनको लागि निर्देशन भइ आएमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुनेछ ।  त्यस्तै सभामा दिपक पोखरेलको स्थानमा  आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठलाई संचालक नियुक्त गरिएकोमा सो लाई अनुमोदन गर्ने प्रस्ताव पेश हुने छ   ।  सामुहिक लगानी कोष योजना संचालन गर्ने गरि कम्पनीको उदेश्य संशोधन  गर्ने प्रस्ताव पनि सभामा पेश हुने छ  । 

साधारण प्रस्ताव अन्तर्गत वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, वित्तीय विवरण छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने साधारण प्रस्ताव पेश हुने छन् । 

कम्पनीमा व्यवसायी चन्द्र ढकालसम्बद्ध आइएमइ समूह, भाटभटेनि, सञ्चालक मीनबहादुर गुरुङ, हाथवे इन्भेष्टमेन्ट, हाथेवेका अम्बिका पौड्ल (व्यक्तिगत लगानी समेत), नवराज नेपाल लगायतकाको लगानी रहेको छ । कम्पनीमा आइएमइ र सम्बद्धहरुको ४० प्रतिशत बढि लगानी रहेको  छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved