९ महिनामा धितोपत्र बोर्डमा ७७ वटा उजुरी तथा गुनासो दर्ता, कति भए समाधान ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2021 | 05:11:29 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेपाल धितोपत्र बोर्डमा ७७ वटा गुनासो तथा उजुरी परेको छ । बोर्डले ४५ वटा उजुरी लिखित रुपमा आएको र ३२ वटा उजुरी हेलो सरकारको वेब पोर्टलबाट आएको जनाएको छ । 

लिखित रुपमा आएका ४५ उजुरी मध्ये ३२ वटा समाधान गरिएको, २ वटा सम्बन्धित सुपरिवेक्षण महाशाखामा कारवाहीको लागि पठाईएको, २ वटा तामेलीमा रहेको र ७ वटा समाधानको प्रक्रियामा रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार २ वटा निवेदन बोधार्थ, जानकारी तथा सुझावको रुपमा आएका थिए । 

त्यस्तै हेलो सरकार मार्फत आएका ३२ उजुरी मध्ये ३० वटा आवश्यक कारवाही गरि फर्स्योट भएको, र २ वटा कारवाहीमा रहेको बोर्डले जनाएको छ । 

बोर्डले टोलफ्री तथा हटलाइन टेलिफोन मार्फत एक गुनासो , उजुरी तथा जिज्ञासालाई  सोहि समय मै सम्बन्धित महाशाखा तथा शाखामा जानकारी गराई समधान गर्ने गरेको बोर्डले उल्लेख गरेको छ । 

बोर्डका अनुसार विशेष गरि लगानीकर्ताले ब्रोकरले समयमा पैसा नदिएको, ब्रोकरले समयमा शेयर नहाल्दिएको, समयमा अन्य सेवा नदिएको विषयमा बढी उजुरी पर्ने गरेका छन् । त्यस्तै इन्साइडर ट्रेडिङ भएको, सिस्टममा समस्या आई समयमा सेवा लिन नपाएको उजुरी पनि पर्ने गरेको बोर्डले जनाएको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved