रिलायबल लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, आईपिओ निष्काशन प्रस्ताव पारित हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2021 | 08:59:08 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले साधारणसभा डाकेको छ ।  कम्पनीले असार ४ गते शुक्रबार ज्ञानेश्वर स्थित आफ्नै प्रधान कार्यलयमा सभा आह्वान गरेको हो । 

कम्पनीको सभामा सर्वसाधारणको लागि आईपिओ निष्काशन प्रस्ताव सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले सर्वसाधरणलाई ६० करोड रुपैयाँको ६० लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको छ ।  हाल कम्पनीको १ अर्ब ४० करोड रुपैयाँ छ भने आईपिओ निष्काशनपछि २ अर्ब पुग्ने छ ।

शेयर जारि गर्ने प्रस्ताव बाहेक सभामा संचालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७६/७७ को लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, संचालक नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पेश हुने छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved