मर्जर प्रस्ताव पारित गर्न सिटिजन्स बैंक र सिर्जना फाइनान्सको विशेष साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2021 | 09:15:46 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर (गाभ्ने/गाभिने) प्रस्ताव पारित गर्न सिटिजन्स  बैंक Citizens Bank International Limited  र  सिर्जना फाइनान्सले विशेष साधारणसभा आह्वान गरेका छन् । दुवै संस्थाले जेठ २७ गते भर्चुअल माध्यमबाट सम्पन्न गर्ने गरि विशेष साधारणसभा आह्वान गरेका हुन् । 

दुवै संस्थाको सभामा गाभ्ने गाभिनेबारे संचालक समितिले पेश गरेको प्रस्ताव पारित गर्ने, डिडिए प्रतिवेदन तथा स्वाप रेसियो पारित गर्ने,  मर्जर कमिटिबाट भएकाकार्य अनुमोदन गर्ने, मर्जर तथा प्राप्तिको लागि यस अघि भएका सम्झौता अनुमोदन गर्ने र सम्झौतामा थप घट गर्नु परेमा संचालक समितिलाई अख्तियारी दिने , प्रबन्धकपत्र  नियमावलीमा संशोधन गर्ने र थप संशोधन गर्न आवश्यक परेमा संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ ।  

साधारणसभा प्रयोजनको लागि सिटिजन्स बैंकले जेठ २१ गते बुक क्लोज गरेको छ । जेठ २० गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारणसभामा भाग लिन सक्ने छन् ।  त्यस्तै सिर्जना फाइनान्सले भने जेठ १८ गते बुक क्लोज गरेको छ । जेठ १७ गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारणसभामा भाग लिन सक्ने छन् । 

दुई संस्थाले हिजो मंगलबार गाभ्ने गाभिने रयोजनको लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको थिए । आ-आफ्नो विशेष÷साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु हुने छ।  दुवैले गत माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पश्चात सिर्जना फाइनान्सलाई प्राप्ति गरी यसै आर्थिक वर्ष २०७७÷०७८ भित्र संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको बैंकले जनाएको छ । 

२०७८ जेठ ९ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ३७ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई  दिएको ऋण लगानी करिव १ खर्ब २१ अर्ब रुपैयाँ हुनेछ । 

प्राप्ति पश्चात बैंकको कुल शाखा १८९ हुनेछ । हाल बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्ति पश्चात् उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् उक्त प्रदेशमा २७ वटा शाखाहरु हुनेछन् । 

सहमति अनुसार, सिर्जना फाइनान्सका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९५ कित्ता शेयर पाउनेछन् । बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved