
शेयर बजारका लगानीकर्ता संघहरुले नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएका छन् । नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्त संघ नेपाल , नेपाल पुंजीबजार संघ, र शेयर लगानीकर्ता दबाब समुहले राष्ट्र बैंक द्वारा जारी गरिएको निर्देशनले शेयर बजारमा प्रभाव पार्ने सम्बन्धित बुँदा हरूप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।
२०७८ साल जेष्ठ ०४ गते मौद्रिक नितिको त्रैमासिक समिक्षामा उक्त निर्देशनहरू नसमेटेर मंगलवार जेष्ठ ११ गते अकस्मात् निर्देशन जारी गर्नुको तात्विक कारणहरू के के हुन सक्छन् भन्ने जिज्ञासाका साथै शंका उत्पन्न भएको संघहरुले जनाएका हुन् । केहि दिन अगाडि जारी गरिएको मौद्रिक नितिको समिक्षामा शेयर बजारलाई सम्बोधन गर्दा उक्त निर्देशन नपर्नु र अकस्मात् उक्त परिपत्र आउनुले अन्य कुनै उदेश्य र नियतले प्रेरित भएर कुनै वर्गको अवान्छित लाभको लागि उक्त निर्देशन जारी भएको होकि भन्ने प्रश्न स्वत: उव्जिएको संघहरुले जनाएको छन् ।
मौद्रिक नितिको समिक्षा पछि अकस्मात् विश्व महामारीको रूपमा फैलिएको कोरोनाको त्रासदीपूर्ण समयमा राष्ट्र बैंक बाट धितोपत्र वोर्ड लगायत सरोकार वाला पक्ष संगको बिना परामर्श जारी गरिएको एकीकृत निर्देशनले भर्खर वामे सर्दै गरेको नेपालको पुँजीबजारलाई अस्थिर र असन्तुलन बनाउनुका साथै जारी गरिने निर्देशनहरूले उक्त संस्थाको गरिमा,विश्वसनीयता र मर्यादामा आँच आउन सक्ने तर्फ संघहरुले चिन्ता प्रकट गरेका छन् ।
पुँजीबजारको नियमन, निर्देशन र सन्चालन गर्ने नेपाल सरकारको प्रतिनिधिको रूपमा रहेको सर्वोच्च निकाय नेपाल धितोपत्र वोर्डले पुँजीबजारको विकास र विस्तारको लागि हाल सम्म भए गरेका कार्यहरूलाई आत्मसात् गर्दै पुँजीबजारको सम्बन्धमा गर्ने विभिन्न निर्णयहरूले पार्ने प्रभावको विश्लेषण गर्ने र शेयर बजारका अगुवा,विश्लेषक,लगानीकर्ताका संघ संगठनहरूको परामर्श र सुझाव लिएर हालसम्म गरिएका निर्णयहरूले यस क्षेत्रमा सकारात्मक प्रभाव परिरहेको संघहरुले उल्लेख गरेका छन् ।
अर्को निर्देशन अनुसार लघुवित्त (Micro Finance) को शेयर विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि वाहेक ‘घ’ वर्गको लघुवित्तको शेयरमा लगानी गर्न पाईने छैन र यदि २०७८/०२/१० सम्म खरिद गरेको भए उक्त शेयर २०७८ साल पौष मसान्त भित्र विक्री गर्नुपर्ने प्रावधानले लगानीकर्ताहरूमा अन्यौल श्रृजना भएको सन्दर्भमा विगत वर्षको फागुन महिना देखिनै बैंक तथा वित्तिय संस्थाहरूलाई लघुवित्तमा लगानी नबढाउन र भएका शेयरहरू विनिवेष गर्न राष्ट्र बैंकले अभिप्रेरित गरेको सन्दर्भमा हाल विधमान अवस्थामा उक्त निर्देशन बाट बजारमा लघुवित्तको शेयरहरू बिक्रीमा चाप आउने सम्भावना न्युन देखिएको र बजारमा औषत ९-१० अर्वको कारोवार भईरहेको परिप्रेक्ष्यमा बजारमा बिक्रीमा आउने शेयरहरू पनि सजिलै खपत हुने संघहरुले उल्लेख गरेका छन् ।
यो पनि :