एनएमबि बैंकको उर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2021 | 08:32:20 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited ले आज जेठ ९ गतेदेखि निष्काशन गरेको एनएमबि उर्जा ऋणपत्रमा आवेदन दिने आज जेठ १३ गते अन्तिम दिन रहेको छ । बैंकले डेढ अर्ब बराबरको (प्रति कित्ता १ हजार अंकित दरका)  १५ लाख कित्ता  ऋणपत्र निष्काशन गरेको हो  । 

जस मध्ये ९ लाख कित्ता नितिजा तबरबाट र ६ लाख कित्ता सर्वसाधारको लागि बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको ६ लाख कित्ता मध्ये ३० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ । 

ऋणपत्र निष्काशनको लागि हिमालयन क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने छ ।  १५ वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ४ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved