हिमालयन जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2021 | 10:11:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्स Himalayan General Insurance Company को शेयर मूल्य समायोजन भएको छ  कम्पनीको ३ प्रतिशत बोनसमा  मूल्य समायोजन भएको हो  ।  समायोजनपछि कम्पनीको शेयर मूल्य ७ सय ४४ रुपैयाँ कायम भएको छ  । समायोजन अघि कम्पनीको शेयर मूल्य ७६६ रहेको थियो  । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज जेठ १३ देखि जेठ २८ गते सम्मको बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो। जेठ १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

कम्पनीले जेठ २८ गते शुक्रबार बिहान ११ बजे भर्चुअल माध्यमबाट सम्पन्न गर्ने गरि साधारणसभा आह्वान गरेको छ । कम्पनीको सभामा  लाभांश सहित विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीको फागुन ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफा हाल कायम चुक्ता पुँजीको ३ प्रतिशतले हुन आउने ३ करोड २० लाख ४८ हजार ७ सय बराबरको बोनस शेयर र ३.७५ प्रतिशतले हुन आउने ४ करोड ६० हजार ८ सय रुपैयाँ बराबरको नगद लाभांश गरि कुल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै सभामा प्रबन्धकपत्र र नियमावली संशोधन गर्ने, नियामक निकायबाट संशोधनको लागि थप निर्देशन आएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने, उपयुक्त संस्थासंग मर्जर तथा प्राप्ति सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने र नियमावलीको गणपुरक संस्ख्य समबन्धि ब्यबस्था संशोधन गर्ने विशेष प्रस्ताव पेश हुने छ । 

साधारण प्रस्ताव अन्तर्गत  वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण पेश गर्ने ,   बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved