अब १ वर्षभन्दा कम समय मै आफुले खरिद गरेको शेयर बिक्रि गरेमा थप कर लाग्ने भएको छ । सरकारले आर्थिक अध्यादेश २०७८ मा यस्तो ब्यबस्था गरेको हो ।
जस अनुसार अब आफुले शेयर खरिद गरेको ३६५ दिन भन्दा अगावै बिक्रि गरेमा ७.५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । ३६५ दिनपछि शेयर बिक्रि गरेमा भने हाल कायम अनुसार कै ५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । यद्यपि यो नाफामा मात्र लाग्ने कर हो । यदि शेयर बिक्रि गर्दा घाटा बह्येको छ भने लाभकर तिर्नु पर्दैन ।
यस अघि अवधिको शेयर होल्ड गरेको आधारमा लाभकर छुट्याईएको थिएँन । शेयर लगानीकर्ताहरुले ट्रेडर र लगानीकर्ता छुट्याएर सोहि अनुसार लाभकर कायम गर्न माग गरेका थिए । तर सरकारले १ वर्ष भन्दा बढी समय शेयर होल्ड गर्ने लगानीकर्ताको लाभकर नघटाई १ वर्ष भन्दा कम शेयर होल्ड गर्ने लगानीकर्ताको लागि लाभकर बढाएको हो ।
सरकारले आज १६ खर्ब ४७ अर्बको बजेट सार्वजनिक गरेको हो । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ७८/७९ को लागि १६ खर्ब ४७ अर्ब २७ करोडको पेश गरेका हुन्।
जस मध्ये संघको चालु खर्च ६ खर्ब ७८ अर्ब , पुँजीगत खर्च ३ खर्ब ४७ अर्ब र बित्त् ब्यबस्थापन तर्फ २ खर्ब ५ अर्ब बिनियोजन गर्ने घोषणा मन्त्री पौडेलले घोषणा गरेका छन् ।
बजेटको स्रोत मध्ये राजश्वबाट १० खर्ब २४ अर्ब, अनुदानबाट ६३ अर्ब पूर्ति गरिने उल्लेख छ । अपुर रहेको ५ खर्ब रकम मधे ३ खर्ब ९ अर्ब विदेशी ऋण र २ खर्ब ५० अर्ब आन्तरिक ऋणबाट पूर्ति गरिने उल्लेख छ ।