ब्रोकरलाई कार्यालय जान सहजीकरण गरिदिन बोर्डद्वारा सिडिओ कार्यालयमा पत्राचार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2021 | 06:57:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुलाई कार्यालय जानको लागि सहजीकरण गरिदिनको लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । बोर्डले जिल्ला प्रशासन कार्यालयलाई [पत्राचार गर्दै नेप्से, ब्रोकर र मर्चेन्ट ब्रोकरका बढीमा ३ जना कर्मचारीलाई परिचयपत्रको आधारमा कार्यलय आवात् जावत गर्न सहजीकरण गरिदिन आग्रह गरेको हो ।

अनलाइन शेयर कारोबारको लागि सिस्टम चलाउनउनीहरु कार्यालय जानु पर्ने भएकोले आइतबारदेखि शुक्रबारसम्म प्रशासनले नै तोकेको समयमा यात्रा गर्ने गरी बोर्डले सहजीकरण गरिदिन आग्रह गरेको हो ।

बोर्डका कायम मुकायम कार्यकारी निर्देशक विनयदेव आचार्यले जेठ १४ गते शुक्रबार नै प्रशासन कार्यालयमा पत्राचार गर्दै यस्तो आग्रह गरेका हुन् । थपिएको निषेधाज्ञाको अवधिमा प्रहरीले कडाई गरेपछि बोर्डले सहजीकरणको लागि आग्रह गरेको हो ।

उक्त पत्रको बोधार्थ अर्थ मन्त्रालय, गृह मन्त्रालय र महानगरीय ट्राफिक महाशाखालाई पनि दीइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved