हाइड्रो कम्पनीलाई बिना शर्त हकप्रद निष्काशनको अनुमति दिन इप्पानको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2021 | 09:20:58 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले  जलविद्युत कम्पनीलाई विना शर्त हकप्रद निष्काशनको स्वीकृति दिन माग गरेको छ  । विद्युत नियमन आयोगले सार्वजनिक गरेको 'बिद्युत सम्बन्धि कम्पनिको शेयरको सार्वजनिक निष्काशनको पूर्वस्वीकृति सम्बन्धि निर्देशिका, २०७६ (प्रथम संशोधन) को मस्यौदा'मा सुझाव दिदै इप्पानले बिना शर्त हकप्रद निष्काशनको अनुमति दिने ब्यबस्था गर्न माग गरेको हो ।

हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले शर्त तोकिरहेकै अवस्थामा आयोगले शर्त माथि थप शर्त तोक्नु उपयुक्त नहुने सुझावमा उल्लेख छ। जलविद्युत कम्पनीले समयमै बैंकको ऋण चुक्ता गर्न सकेमा लगानीका हिसावले समेत सर्वसाधारण शेयरधनी तथा लगानीकर्ता सबैले प्रतिफल प्राप्त गर्न सक्ने अवस्था रहने इप्पानले उल्लेख गरेको छ । 

सुझावमा भनिएको छ 'हकप्रद शेयर निश्कासन गर्दा शेयरधनीहरुलाई समेत शेयर कित्ताका आधारमा मात्र लगानी भार पर्ने र यसरी लगानी गर्दा शेयरको अनुपातमा समानुपातिक रुपमा लगानी हुने हुँदा सो बाट लाभ नै मिल्ने र लगानी पनि कम पर्न जाने भएकोले शेयरधनीहरुलाई समेत अहित हुने देखिदैन । लगानीकर्ताले समेत शेयधनीको हित चिताई कार्य गर्ने भएका कारण शंका रहित तवरले जलविद्युत कम्पनीलाई विना शर्त हकप्रद निष्काशन लागि स्विकृती दिदा शेयरधनीहरुलाई असर गर्ने देखिदैन ।'

बैंकको ऋण कम्पनीले छिटो भुक्तानी गर्ने हो लगानीकर्ताले उचित प्रतिफल पाउने अवस्था रहको कम्पनीहरुमा देखिएकोले बिना शर्त हकप्रद निष्काशनको अनुमति दिनु पर्ने इप्पानले उल्लेख गरेको छ । यदि शर्त तोकेपनि शेयरको लकईन पिरियडको ब्यबस्था भने हटाउन इप्पानले सुझाव दिएको छ  । इप्पानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले जेठ १० गते आयोगमा सुझाव पेश गरेका हुन् । 

विद्युत नियमन आयोगले हाइड्रो कम्पनीले बैंकको ऋण तिर्नको लागि हकप्रद निष्काशन गर्न सक्ने ब्यबस्था सहितको निर्देशिका ल्याउन लागेको हो  । आयोगले सार्वजनिक गरेको मस्यौदामा इप्पानले आफ्नो सुझाव दिएको हो  ।  मस्यौदामा हाइड्रो कम्पनीले बैंकको ऋण तिर्नको लागि हकप्रद निष्काशन गर्न सक्ने उल्लेख छ  ।  तर त्यसको लागि आयोगले विभिन्न शर्त तोकेको छ  । मस्यौदा अनुसारकै निर्देशिका पारित भए  शर्त पुरा गर्ने हाइड्रोले हकप्रद निष्काशन गर्न सक्ने छन्  ।  यद्यपि हकप्रद निष्काशनको लागि अन्तिम स्वीकृति दिने निकाय भने नेपाल धितोपत्र बोर्ड हो  ।  आयोगले स्वीकृति दिएपनि हकप्रद निष्काशनको लागि बोर्डबाट अनुमति पाउनु पर्छ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved