वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीको कारोबार रोक्का गर्न धितोपत्र बोर्डको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2021 | 11:45:07 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले समय मै वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीको कारोबार रोक्का गर्न निर्देशन दिएको छ । केहि हाइड्रोपावरले लामो समयदेखि वित्तीय विवरण सार्वजनिक नगरेको भन्दै बोर्डमा उजुरी परेपछि बोर्डले नेप्सेलाई वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीको कारोबार रोक्का राख्न निर्देशन दिएको हो ।

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले उजुरी परेपछि आज नेप्सेलाई यस अघि दिईएको निर्देशन कडाईका साथ पालना गर्न निर्देशन दिईएको बिजपाटीलाई बताए । उनले भने 'लगानीकर्ताले कम्पनीको सूचना पाउनु पहिलो प्राथिमिकता हो, वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीको कारोबार रोक्का राख्न यस अघि पनि निर्देशन दिईएको थियो, सोहि निर्देशनलाई कडाईका साथ पालना गर्न गराउन निर्देशन दिईएको छ ' । वित्तीय विवरण सार्वजनिक नगरेका कम्पनीको कारोबार किन खुला राखेको विषयमा पनि जवाफ माग गरिएको उनले बताए । कम्पनीसंग पनि यस विषयमा जवाफ माग गरिने अध्यक्ष ढुंगानाले बताए । 

बोर्डले यस अघि नै सुचिकृत कम्पनीलाई वार्षिक प्रतिवेदन, त्रैमासिक प्रतिवेदन , प्रमुख वित्तीय सूचकहरु , पछिल्लो ५ वर्षको वित्तीय जानकारी , कम्पनी सम्बन्धि तथ्याङक लगायतका जानकारी वेवसाइटमा राख्न निर्देशन दिएको थियो । बोर्डले  ति निर्देशनको पालना भए नभएको यकिन गर्ने जिम्मेवारी कम्पनीको प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव वा अनुपालन अधिकृतले गर्नु पर्ने भनेको थियो ।   त्यस्तै बोर्डले कम्पनीको विवरणहरु नेप्सेको वेबसाइटबाट समेत हेर्न मिल्ने ब्यबस्था गर्न नेप्सेलाई निर्देशन दिएको थियो । सो पालना भए नभएको यकिन गर्ने जिम्मेवारी नेप्सेका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव वा अनुपालन अधिकृतको हुने बोर्डले उल्लेख गरेको थियो ।  सोहि ब्यबस्थालाई कडाईका साथ पालना गर्न  बोर्डले निर्देशन दिएको हो 

मंगलबार शेयर लगानीकर्ता केशव कोइरालाले खानीखोला हाइड्रो पावर कम्पनी, जोशी हाइड्रो पावर र हिमाल दोलखा पावर कम्पनीले लामो समयदेखि वित्तीय विवरण सार्वजनिक नगरेको र सार्वजनिक गरेको विवरण पनि गलत भएको भन्दै यस्ता कम्पनीको कारोबार रोक्का गरि छानविन गर्न माग गर्दै बोर्डमा निवेदन दिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved