अजोड प्रकरणपछि धितोपत्र बोर्डले भन्यो 'इन्साइडर ट्रेडिङ छानविनको कानुन कमजोर रहेछ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2021 | 02:00:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र  बोर्डले शेयर बजारमा  भित्रि कारोबार अर्थात् इन्साइडर ट्रेडिङ सम्बन्धि कानुन कमजोर रहेको पाईएको जनाएको छ। अजोड इन्स्योरेन्स Ajod Insurance Company को शेयरमा भएको भनिएको भित्रि कारोबार अर्थात इन्साइडर ट्रेडिङको छानविन गर्ने क्रममा यस सम्बन्धि विद्यमान कानुन कमजोर रहेको पाईएको बोर्डले जनाएको हो । 

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले इन्साइडर ट्रेडिङको हकमा नेपालको ऐन कानुन नियम असाध्यै कमजोर रहेको बताएका हुन्  । इन्साइडर ट्रेडिङको छानविनको लागि बोर्डलाई केहि बढी अधिकार हुनु पर्ने महशुस भएको उनले बताए । अहिलेको ऐन नियम अनुसार इन्साइडर ट्रेडिङ गरेको वा सूचना चुहाएको प्रमाण भेट्न निकै कठिन रहेको उनले बताए। बजारमा  कुनै कम्पनीको मूल्य बढ्दा सूचना चुहिएर बढेको हो , वा आफै बजारको माग र आपूर्ति अनुसार बढेको हो, सूचना चुहिएको भए कुन सूचना कसले चुहायो भन्ने बारे छानविन गर्नको लागि अहिलेको कानुन पर्याप्त नभएको उनक भनाई छ । छानविनको लागि फोन र इमेलकप पहुँच आवश्यक पर्ने महशुस भएको उनी बताउछन् । 

उनले भने 'फोनमा पहुँच भयो भने कसले कसलाई के फोन गर्यो, के म्यासेज पठायो भन्ने भेटिने र त्यसबाट छानविन गर्न सहज हुने उनको भनाई छ । साथी इमेलको पहुँच हुँदा पनि अहज हुने उनको भनाई छ । कानुनमा देखिएको कमजोरीलाई आगामी दिनमा सुधार गर्दै जाने उनी बताउछन् ।  इन्साइडर ट्रेडिङ छानविनको हकमा  भारतमा शेयर बजारको नियामक निकाय सेक्युरिटीज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी)को सरह नेपाल धितोपत्र बोर्डलाई पनि अधिकार हुनु पर्ने उनको भनाई छ  ।

भारतमा कसरी हुन्छ इन्साइडर ट्रेडिङको छानविन ?

सेबीले सबै भन्दा पहिले इन्साइडर अर्थात् सूचना दिने व्यक्ति को हो पत्ता लगाउछ । इन्साइडर सामान्यतया कम्पनीकै मुख्य ब्यबस्थापनमा रहेका व्यक्ति, संचालक समितिका सदस्य, अडिटर, वित्तीय विवरण तयार पार्ने कार्यमा संलग्न रहेका व्यक्ति, प्रमोटर शेयरधनी, प्रमोटरसंग नजिकमा रहेका अनुआ व्यक्तिहरु हुने गर्छन  । इन्साइडर पत्ता लागिसकेपछि सेबीले इन्साइडरले दिएको सूचना के थियो भन्ने बारे छानविन गर्छ । त्यसपछि त्यो सूचना क-कसलाई दिईयो र क-कसले त्यस सूचनाको आधारमा शेयर कारोबार गरे भन्नेबारे सेबीले छानविन गर्छ र दोषी पाईए कारवाही गर्छ ।  

छानविन गर्नको सेबीलाई फोन सम्बन्धि विवरणमा पहुँच रहेको छ ।  सेबीले आफुलाई शंका लागेका व्यक्तिको विवरण मगाउन सक्छ । कुन व्यक्तिले कसलाई , कति बजे कुन नम्बरमा कति समय कुराकानी गर्यो भन्ने विवरण मगाउने अधिकार छ ।  तर सेबीलाई कुराकानीको विवरण सुन्ने अधिकार भन्ने छैन ।  सेबीले कुराकानी सहितको अधिकार दिन भारत सरकारलाई आग्रह गर्दा भारत सरकारले फोन कुराकानीको विवरण राष्ट्रिय सुरक्षाको सवालमा, आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको बारेमा र सम्पती सुद्दिकरणकोको सवालमा मात्र प्रयोग गर्न सकिने जनाउदै सेबीलाई उक्त अधिकार दिन अस्विकार गरेको थियो। 

के थियो अजोडको इन्साइडर ट्रेडिङको विषय ?

कम्पनीको अघिल्लो दिन शेयर मूल्य १० प्रतिशतले बढेको थियो । त्यसको भोलिपल्ट कम्पनीले  हकप्रद प्रस्ताव सहितको एजेण्डा राखेर साधारणसभा आह्वान गरेको थियो।  कम्पनीको शेयर मूल्य अघिल्लो दिन नै अर्थात् हकप्रद प्रस्तावको सूचना आउनु अगाडी नै १० प्रतिशतले बढेकोले संचालक समितिको बैठक बस्नु अगाडी नै हकप्रदको सूचना बाहिरिएको आशंका गरिएको हो ।  सोहि कारण कम्पनीमा   इन्साइडर ट्रेडिङको आशंका गरिएको हो ।

के छ हालको कानुनी ब्यबस्था  ?

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ मा भित्रि कारोबार समबन्धि ब्यबस्था छ  ।  जसमा कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिने उल्लेख गरिएको छ ।

“भित्री सूचना वा जानकारी” भन्नाले कुनै धितोपत्र जारी गर्ने संगठित संस्थाबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारी सम्झनु पर्ने उल्लेख छ।

यसरी भित्रि कारोबारमा संलग्न हुनेलाई १ वर्ष कैद वा ५ लाखसम्म जरिवाना वा दुवै हुन् सक्ने ब्यबस्था ऐनले गरेको छ । 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved