
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा खानीखोला हाइड्रोको कारोबार रोक्का भएको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरेपछि नेप्सेले कम्पनीको कारोबार रोक्का गरेको हो ।
नेपाल धितोपत्र बोर्डले बुधबार नेप्सेलाई पत्राचार गरेर वित्तीय विवरण सार्वजनिक नगरेका कम्पनीको कारोबार रोक्का गर्न निर्देशन दिएको थियो ।
त्यस अघि लगानीकर्ता केशव कोइरालाले खानी खोला सहित जोशी र हिमाल दोलखाले पनि वित्तीय विवरण सार्वजनिक नगरेको भन्दै कारोबार रोक्का गर्न माग गर्दै नेप्से र बोर्डमा उजुरी दिएका थिए ।
तर नेप्सेले भने जोशी र हिमाल दोलखाको कारोबार रोक्का गर्न आवश्यक नदेखिएको भन्दै खानीखोलाको मात्र कारोबार रोक्का गरेको हो ।