स्पर्सलाई गाभेपछि ग्लोबल आईएमई लघुवित्तको १० लाख कित्ता शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2021 | 03:04:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा  ग्लोबल आईएमई लघुवित्त Global IME Laghubitta Bittiya Sanstha Limited  को १० लाख ८ हजार २ सय ६१ दशमलव ७८ कित्ता शेयर सुचिकृत भएको छ । कम्पनीले स्पर्स लघुवित्तलाई गाभेपछि स्पर्स लघुवित्ततर्फको शेयरको सुचिकृत भएको हो । 

ग्लोबल आईएमई लघुवित्तले १००:९० को अनुपातमा  स्पर्स लघुवित्तलाई ल्गाभेको हो । अर्थात् स्पर्सको १०० कित्ता शेयर हुनेले ग्लोबलको ९० कित्ता शेयर पाउने छन् ।   

नेप्सेमा ग्लोबल आईएमई लघुवित्तको यस अघि नै ३३ लाख ८ हजार ८ सय ४३ कित्ता शेयर सुचिकृत थियो ।  थप सुचिकृत शेयरसंगै कम्पनीको शेयर संख्या ४३ लाख १७ हजार १ सय ५ कित्ता पुगेको छ ।  स्पर्सको शेयर ग्लोबलको नाममा आएअप्ची लगानीकर्ताले ति शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved