मंगलबार २९औं वार्षिकोत्सव मनाउदै धितोपत्र बोर्ड, यस्ता छन् कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2021 | 06:59:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले मंगलबार २९औं बार्षिकोत्व मनाउने भएको छ । निषेधाज्ञाको कारण बोर्डले भर्चुअल माध्यमबाट औपचारिक कार्यक्रम गर्ने भएको छ । बोर्डले मंगलबार बिहान १०:३० बजेदेखि सुरु हुने गरि औपचारिक कार्यक्रम सुरु गर्ने जनाएको छ । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु प्रसाद पौडेल भर्चुअल कार्यक्रममा  सहभागी हुने भएका छन् । कार्यक्रममा बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले बोर्डको प्रतिवेदन पेश गर्ने, पूँजी बजार तथा वस्तु बजार सम्बन्धी विषयका उत्कृष्ठ तीन शोधपत्रहरुको घोषणा गर्ने, र आर्थिक बर्ष २०७७।७८ को पत्रकारिता पुरस्कारको घोषणा गर्ने कार्यक्रम रहेको छ ।  

त्यस्तै कार्यक्रममा  उपप्रधानमन्त्री एवं अर्थमन्त्रीज्यूको शुभकामना सन्देश दिने कार्यक्रम तय भएको बोर्डले जनाएको छ । त्यस्तै उपप्रधान मन्त्री पौडेलले नेपाल धितोपत्र बोर्ड, आर्थिक लेख विषेशाङ्क २०७८ को विमोचन गर्ने छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved