राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्रि खुला, कति पाइन्छ ब्याज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2021 | 08:48:41 AM मा प्रकाशित

laxmi  sunrise bank

 राष्ट्रिय वाणिज्य बैंकले आज जेठ २५ गतेदेखि ऋणपत्र निष्काशन बिक्रि खुला गरेको छ । बैंकले २ अर्ब ५० करोड बराबरको (प्रति कित्ता १ हजार अंकित दरका)  २५ लाख कित्ता  ऋणपत्र निष्काशन गरेको हो  । 

जस मध्ये ४० प्रतिशतले हुन् आउने १० लाख कित्ता सर्बसाधारणलाई र ६० प्रतिशतले हुन आउने १५ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ ।  ऋणपत्र निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

यस ऋणपत्रमा छिटोमा जेठ २८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा असार ८ गतेसम्म आवेदन दिन सकिने छ ।  आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम २ लाख ५० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने छ ।  ६ वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved