
नेपाल धितोपत्र बोर्डले यस वर्षको पूँजीबजार पत्रकारिता पुरस्कार नेपाल आर्थिक पत्रकार समाज नाफिजलाई प्रदान गर्ने भएको छ । बोर्डको २९ औ वार्षिकोत्सवको अवसरमा बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले नाफिजलाई पूँजीबजार पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् । पुरस्कारको राशी ५० हजार रहेको छ ।
बोर्डले रजतजयन्तीको अवसर पारी पूँजीबजार पत्रकारितामा पुरस्कार प्रदान गर्दै आएको छ । पुँजीबजारको प्रवद्र्धन तथा लगानीकर्तालाई सुसूचितगर्नमा अग्रणी भूमिका खेले वापत नाफिजलाई पुरस्कृत गरिएको बोर्डले जनाएको छ ।
बोर्डले पुँजीबजार सम्बन्धि उत्कृष्ट शोधपत्रहरुलाई पनि पुरस्कृत गरेको छ ।