'पुँजीबजारमा देखिएका अवाञ्चछित क्रियाकलापलाई कानूनको दायरामा ल्याउनु चुनौतिपूर्ण'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2021 | 03:25:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा देखिएका अवाञ्चछित क्रियाकलापलाई कानूनको दायरामा ल्याउनु चुनौतिपूर्ण रहेको जनाएको छ । बोर्डको २९ औ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पुँजी बजारमा देखिएका अवाञ्चछित क्रियाकलापलाई कानूनको दायरामा ल्याउनु चुनौतिपूर्ण रहेको बताएका हुन्। 

    विद्यमान चुनौतिहरू शीर्षकमा बोर्ड अध्यक्ष ढुंगानाले यस्तो बताएका हुन् । उनले भने 'बजारमा देखिएका अवाञ्चछित क्रियाकलाप, कारोबार तथा गतिविधिलाई कानूनको दायरामा ल्याई बजारलाई आगामी दिनमा स्वच्छ र विश्वासिलो बनाउन सबै पक्षको उत्तिकै सहयोग प्राप्त हुनुपर्ने विषयलाई पूनः दोहोर्याउन चाहन्छु।

    धितोपत्र बजार स्वच्छ, पारदर्शी, अनुशासित, प्रविधिसम्पन्न तथा स्तरीय हुन जरूरी हुन्छ। नियमन तथा सुपरिवेक्षण क्षमता अभिवृद्धि गर्दै उपरोक्त पक्षहरूको विकास गरेर बजारमा स्थायित्व हासिल गर्नु आजको प्रमुख चुनौति रहेको अध्यक्ष ढुंगानाको भनाइ थियो ।

    उनले चार वर्षीय रणनीतिक योजना तयार पारी कार्यन्वयनमा लागेको, बोर्डको नयाँ Organization and Management Survey लागू गरेको, बोर्डको कर्मचारीको व्यवसायिकता तथा क्षमता अभिवृद्धिका लागि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिष्ठित तालिम प्रदायक संस्था Toronto Centre सँग आगामी ३ वर्षका लागि साझेदारी गर्ने सम्बन्धमा सम्झौता गरिएको, सूचना आदान प्रदान एवं पारस्परिक सहयोगका लागी नेपाल धितोपत्र बोर्ड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच सम्झौता गरिएको, बोर्डको कार्यालय स्थानान्तरण गरिएको, बोर्डको कार्य तथा जिम्मेवारीलाई सम्पन्न गर्न सक्ने गरी व्यवस्थित गर्न नेपाल धितोपत्र बोर्ड ऐन तर्जुमा गर्ने योजनाका साथ अघि बढेको, र धितोपत्र बजारको विकासका लागि दीर्घकालीन योजना तयार गर्न तथा IT Roadmap तयार गर्न प्राविधिक सहयोगका लागि DFID सँग अनुरोध गरी सो कार्य अगाडि बढिरहेको समेत बताएका छन् । 

    Share Your Thoughts

    Recent News

    Main News

    Close in 7


    Bizpati.com © 2020. All Rights Reserved