नेप्सेका अध्यक्षको कार्यकाल सकियो, कम्पनी सचिव फेरिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2021 | 08:35:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्ष लक्ष्मण न्यौपानेको कार्यकाल सकिएको छ । उनको ४ वर्षे कार्यकाल यहि जेठ महिनाको पहिलो सातादेखि सकिएको हो । 

न्यौपाने २०७४ साल जेठ ४ गते नेप्सेको अध्यक्षमा नियुक्त भएका थिए । उनलाई २०७४ जेठ ४ गतेको मन्त्रिपरिषद्को बैठकले नेप्सेको अध्यक्षमा नियुक्त गरेको थियो । उनले २०७४ जेठ ७ गते आइतबारदेखि कार्यभार सम्हालेका थिए । उनको कार्यकाल सकिएसंगै अब सरकारले नयाँ अध्यक्ष नियुक्त गरेर पठाउने छ । 

कम्पनी सचिव फेरिए 

त्यस्तै नेप्सेको कम्पनीको सचिव पनि फेरिएका छन् । नेप्सेले कायम मुकायम सहायक प्रबन्धक मुराहरि पराजुलीलाई कम्पनी सचिवको जिम्मेवारी दिएको हो । यस अघि नेप्सेको कम्पनी सचिवमा उपप्रबन्धक प्रविन पन्दाक रहेकी थिईन् ।

सीइओको कार्यकाल पनि सकिंदै 

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल पनि अब ४ महिना मात्र बाँकि रहेको छ  । प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदको कार्यकाल आगामी असोज २३ गते सकिने भएको हो  । उनी ०७४ असोज २३ सोमबार नेप्सेको सीइओमा नियुक्त भएका थिए । शेर बहादुर देउवा नेतृत्त्वको सरकारले उनलाई ४ बर्षका लागि नियुक्त गरेको हो । त्यसपछि आएको सरकारले देउवा सरकारले गरेका सबै नियुक्त खारेज गरेसंगै त्यस बिरुद्द साउद सर्वोच्च अदालत गएका थिए  । अदालतले उनलाई पुनर्बहाली गर्न आदेश दिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved