आईपिओ निष्काशन गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टले गर्यो लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2021 | 08:53:46 AM मा प्रकाशित

laxmi  sunrise bank

बुक विल्डिङ विधिबाट आईपिओ निष्काशन गर्ने तयारी गरिरहेको सर्वोत्तम सिमेन्टले विशेष साधारणसभा आह्वान गरेको छ  । कम्पनीले असार १९ गते बिहिबार विशेष साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश वितरण प्रस्ताव पेश हुने छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट १९.११८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.००६ गरि कुल २०.१२४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापुंजी ३ अर्ब ४० करोड रहेको छ । प्रस्तावित (६५ करोड बराबरको बोनस ) वितरणपछि कम्पनीको चुक्ता पुंजी ४ अर्ब नाघ्ने छ ।

सभामा कम्पनीको जारि तथा चुक्ता पुंजी मिलान गरि संस्थापक र सर्वसाधारण शेयरधनीको अनुपात मिलान गर्ने , प्रबन्धकापत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, प्रबन्धपत्र  नियमावलीमा थप संशोधन गर्नु पर्ने संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छ ।

कम्पनीले यस अघि ६० लाख कित्ता आईपीओ निष्काशन गर्न तयारी गरेको थियो । अब भने कम्पनीले बोनस बाट नै पुंजी बढाउन लागेकोले आईपिओमा आउने शेयर संख्या बढ्न सक्ने देखिन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved