प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2021 | 09:03:50 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज जेठ २६ गते अन्तिम दिन रहेको छ । बैंकले जेठ ११ गतेदेखि  ४ अर्ब बराबरको (प्रति कित्ता १ हजार अंकित दरका)  ४० लाख कित्ता  ऋणपत्र निष्काशन गरेको हो  ।

जस मध्ये १६ लाख कित्ता सर्बसाधारणलाई र २४ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको १६ लाख कित्ता मध्ये २५ सय कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरिसकिएको बैंकले जनाएको छ । ऋणपत्र निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम १० लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ ।  १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved