कतिमा भयो सिइडिबी हाइड्रोको पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2021 | 10:51:40 AM मा प्रकाशित

laxmi sunrise bank

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको पहिलो कारोबार ४१६ रुपैयाँमा भएको छ  । आज बुधबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार ४१६ रुपैयाँमा भएको हो  ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १३८.७९ देखि ४१६.३७ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । यो रेन्ज भित्रको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्नेमा अधिकतम मूल्यमा नै पहिलो कारोबार भएको हो । कम्पनीको CEDB सिम्बलबाट कारोबार भएको हो  । 

मंगलबार न्पेसेमा कम्पनीको ८३ लाख ९४ हजार १ सय कित्ता शेयर सुचिकृत भएको थियो।  कम्पनीले सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता  आइपीओ निष्काशन गरेको थियो । जस मध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणले आवेदन दिन दिएका थिए । 

आईपिओमा ४ हजार ४ सय ४२ जनाको आवेदन अयोग्य भएको र योग्य रहेका १६ लाख ८५ हजार ६ सय २७ जनालाई गोलाप्रथामा सहभागी गराई गोलाप्रथाबाट २ लाख ३४ हजार १ सय ९५ जनाले शेयर १० कित्ताको दरले शेयर पाएका थिए।  २ लाख ३४ हजार १ सय ९५ जनाले मध्ये  ४ जनाले भने ११ कित्ता शेयर पाएका थिए।

क्लिन इनर्जी डेभलपमेन्ट बैंकद्धारा प्रबर्धित सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड नेपालको प्रचलित कानुन अन्तर्गत मिति २०६६÷०८÷१५ गतेका दिन नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला का. म. न. पा. वडा नं. ११त्रिपुरेश्वरमा रहेको छ । हाल यस कम्पनीमा २६५ संस्थापक शेयरधनीहरु रहेका छन् ।

कम्पनीले  कसुवा खोला हाइड्रो, युनिभर्सल पावर कम्पनी , मोरङ्ग इनर्जी लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रकसन, गण्डकी इनर्जी लिमिटेड, राधि विद्युत कम्पनी, दोर्दी खोला जलविद्युत कम्पनी, र खारे इन्भेष्टमेन्ट लिमिटेडमा शेयर लगानी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved