स्वावलम्बन लघुवित्तको १ लाख ९० हजार कित्ता शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2021 | 01:58:41 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वावलम्बन लघुवित्त Swabalamban Laghubitta Bittiya Sanstha  ले संस्थापक समूह अन्तर्गतको १ लाख ९० हजर कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले संस्थापक समुहको १ लाख ९० हजार ६ सय ५० कित्ता शेयर लिलाम गर्न लागेको हो ।

उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. ७ सय ५१ रुपैयाँ तोकिएको छ । सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिन सकिने छ । आवेदन दिंदा न्यूनतम १०० कित्ताको लागि र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । कम्पनीले २०७८ जेठ २४ गते देखि मिति २०७८ असार २७ गते सम्म आवेदन दिन आग्रह गरेको छ ।

शेयर लिलामको लागि एनआईबिएलएस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्ने छन् ।

सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । आवेदन दिंदा आयस्रोत खुल्ने काजगात, करचुक्ताको प्रमाणपत्र, कालोसूचीमा नपरेको कागजात लगायतका कागजात अनिवार्य पेशगर्नु पर्ने छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved