नेप्से सूचक दोहोरो अंकले घट्दा कारोबार रकम भने झण्डै १७ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2021 | 03:19:40 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो कारोबार दिन आज बुधबार नेप्से सूचक दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक  १३.५६ अंकले घटेर २९४६.५८ को बिन्दुमा पुगेको हो ।

आज १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७ सय ३ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२१ कम्पनीको ३ करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो । 

आज नेपाल इन्स्योरेन्स कम्पनी, युनाईटेड मोदि हाईड्रोपावर लिमिटेड लगायत ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज उत्पादन तथा प्रशोधन, ट्रेडिङ लगायत ६ समूहको समूहगत सुचक बढेको छ भने विकास बैंक, बैंक, अन्य लगायत ७ समूहको समूहगत सुचक घटेको छ । जसमा उत्पादन तथा प्रशोधन समूहको सूचक सर्वाधिक बढी ३.९८ प्रतिशतले बढेको छ भने विकास बैंक समूहको सुचक सर्वाधिक बढी ४.४१ प्रतिशतले घटेको छ ।

आज अरुण भ्याली हाईड्रोपावरको सर्वाधिक बढि ८७ करोड ९४ लाख रुपैँया बराबरको सेयर कारोबार भएको छ भने नेपाल पूनर्बीमा कम्पनीको ६१ करोड ८० लाख रुपैँया बराबरको सेयर कारोबार भएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved