बोनस घोषणा भएपनि सर्वोत्तम सिमेन्टले आईपिओको आकार नबढाउने, भदौ भित्र निष्काशन लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2021 | 06:12:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोत्तम सिमेन्टले आईपिओ निष्काशन अगाडी नै बोनस शेयर जारी हुने भएपनि आईपिओको प्रस्तावित आकारमा फेरबदल नहुने जनाएको छ । कम्पनीले यस अघि प्रस्ताव गरिएको बराबर कै आईपिओ आउने जनाएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरतबाबु दाहालले बोनस घोषणाले प्रस्तावित आईपिओको आकारमा कुनै परिवर्तन नहुने बताएका हुन् । उनले बिजपाटीसंग भने ' बोनस वितरण गरेर चुक्ता पुंजी बढ्ने भएपनि हामी आईपिओको आकार घटाउदैनौ पनि , बढाउदैनौ पनि, पहिला प्रस्ताव भएको ६० लाख कित्ता आईपिओ नै निष्काशन हुन्छ' । 

उनले यस अघि ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने प्रस्ताव गरिएकोले सोहि अनुसार कै आईपिओ निष्काशन हुने बताएका हुन् । आईपिओ बुक विल्डिङ विधिबाट निष्काशन हुने छ।  '६० लाख कित्तामध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइनेछ’ सीईओ दाहाले बिजपाटीसँग भने, ‘यो बुक विल्डिङको नियम नै हो । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गरिनेछ ।’ उनले भदौ महिनासम्ममा आईपिओ निष्काशन गर्ने लक्ष्य राखिएको बताए । 

कम्पनीले आईपिओ निष्काशन गर्नु अगाडी नै लाभांश घोषणा गरेर उक्त प्रस्ताव पारित गर्नलाई विशेष साधारणसभा आह्वान गरेको छ   कम्पनीले असार १९ गते बिहिबार विशेष साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश वितरण प्रस्ताव पेश हुने छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट १९.११८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.००६ गरि कुल २०.१२४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापुंजी ३ अर्ब ४० करोड रहेको छ । प्रस्तावित (६५ करोड बराबरको बोनस ) वितरणपछि कम्पनीको चुक्ता पुंजी ४ अर्ब नाघ्ने छ । 

आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ४ अर्ब ६० करोड पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved