रैराङ हाइड्रोको संस्थापक शेयरको लकिङ अवधि सकियो, साधारण सरह किनबेच गर्न मिल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2021 | 09:04:47 AM मा प्रकाशित

laxmi  sunrise bank

 रैराङ हाइड्रोपावर Rairang Hydropower Development Company  को संस्थापक शेयरको लकिङ अवधि समाप्त भएको छ । कम्पनी सूचना जारि गर्दै आईपिओ बाँडफांड गरेको ३ वर्ष पुरा भएकोले २०७८ साल जेठ २६ गतेदेखि संस्थापक शेयरको  लकिङ अवधि समाप्त भएको जनाएको हो ।

यस संगै अब संस्थापक शेयर पनि सर्वसाधारण सरह कारोबार गर्न सकिने छ  । संचालक समितिको सदस्य बाहेक अन्य संस्थापकले आफ्नो संस्थापक शेयर बिक्रि गर्न सक्ने छन् । 

त्यस्तै कम्पनीले आफ्नो वित्तीय विवरणमा हेरफेर गरेको छ । कम्पनीले बैशाख २० गते प्रकाशन गरिएको तेस्रो त्रैमासको वित्तीय वितरणमा नेटवर्थ १०९.०८ हुनु पर्नेमा भुल्वास २०० भएको र ईपीएस ९.१७ हुनु पर्नेमा भुलवस १३.०३ भएकोले सच्याईएको उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved