बिहिबार १२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, हाइड्रोमा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2021 | 03:14:46 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से सूचक सामान्य अंकले घटेको छ । आज नेप्से सूचक  १.८० अंकले घटेर २९४४.७८ को बिन्दुमा पुगेको हो ।

आज १६ अर्ब १० करोड ४ लाख १२ हजार ४ सय ३६ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२० कम्पनीको ३ करोड ६ लाख ६ हजार ६ सय ४४ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो । 

आज पाँचथर पावर कम्पनी, शिव श्री हाईड्रोपावर लिमिटेड लगायत १२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज हाईड्रोपावर, विकास बैंक लगायत ६ समूहको समूहगत सुचक बढेको छ भने जीवन बीमा, बैंक लगायत ७ समूहको समूहगत सुचक घटेको छ । जसमा हाईड्रोपावर समूहको सूचक सर्वाधिक बढी २.९९ प्रतिशतले बढेको छ भने जीवन बीमा समूहको सुचक सर्वाधिक बढी १.४४ प्रतिशतले घटेको छ ।

आज एचआइडिसीएलको सर्वाधिक बढि ९९ करोड ६५ लाख रुपैँया बराबरको सेयर कारोबार भएको छ भने नेपाल पूनर्बीमा कम्पनीको ५७ करोड ५० लाख रुपैँया बराबरको सेयर कारोबार भएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved