राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2021 | 08:51:55 AM मा प्रकाशित

laxmi  sunrise bank

 राष्ट्रिय वाणिज्य बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज जेठ २८ गते अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २५ गतेदेखि २ अर्ब ५० करोड बराबरको (प्रति कित्ता १ हजार अंकित दरका)  २५ लाख कित्ता  ऋणपत्र निष्काशन गरेको हो  । 

जस मध्ये ४० प्रतिशतले हुन् आउने १० लाख कित्ता सर्बसाधारणलाई र ६० प्रतिशतले हुन आउने १५ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ ।  ऋणपत्र निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

 आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम २ लाख ५० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने छ ।  ६ वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved