एनआईसी एसिया बैंकले असार ६ गदेखि ऋणपत्र निष्काशन गर्ने, ब्याज कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2021 | 10:08:13 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक NIC Asia Bank Limited ले असार ६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ३ अर्ब बराबरको (प्रति कित्ता १ हजार अंकित दरका)  ३० लाख कित्ता  ऋणपत्र निष्काशन गर्न लागेको हो  । 

जस मध्ये १८ लाख कित्ता नितिजा तबरबाट र १२ लाख कित्ता सर्वसाधारको लागि बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्ये ६० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ । 

ऋणपत्र निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा असार ९ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा असर ३० गतेसम्म आवेदन दिन सकिने छ ।  आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम १५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।  १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved