एओएन अर्डरले शेयर बजारमा विकृति बढाएको बोर्डको निष्कर्ष, आईतबारदेखि नै बन्द गर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2021 | 06:01:14 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर कारोबार ब्यबस्थापन प्रणाली (टिएमएस) मा रहेको एओएन अप्सन आइतबार देखि बन्द हुने भएको छ । नेपाल धितोपत्र बोर्डले एओएन अर्थात् 'अल अर नन' भन्ने अप्सन आइतबारदेखि बन्द गर्न नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई निर्देशन दिएको हो 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले एओएन बन्द गर्न निर्देशन दिईएको पुष्टि गरेका छन् । उनले बिजपाटीसंग भने ' यसको कारण बजारमा विकृति बढेको पाईयो, मूल्य बढाउने टुलको रुपमा प्रयोग गरियो , आइतबार देखि नै बन्द गर्न निर्देशन दिएका छौ' 

एओएन भनेको टिएमएसमा रहेको  'अल अर नन' भन्ने अप्सन हो । खरिद वा बिक्रि अर्डर हाल्दा यो अप्सन प्रयोग गरिए कि अर्डरमा राखेको सबै शेयर खरिद बिक्री हुन्छ, कि एक कित्ता पनि शेयर खरिद बिक्रि हुदैन । अर्थात अर्डर राखेको भन्दा कम शेयर खरिद बिक्रि हुदैन ।

बोर्ड अध्यक्ष ढुंगानाले यो ठूलो ठूलो कारोबार गराउने पद्दति भएपनि पछिल्लो समय लगानीकर्ताले यसलाई मूल्य बढाउने टुलको रुपमा प्रयोग गरेको बताए । यसले बजारमा र कम्पनीको मूल्यमा अस्वभाविक वृद्धि गराएकोले तत्कालको लागि यो विकल्प बन्द गर्न लागेको बताए ।

शेयर बजारमा देखिएको विकृति हटाउनको लागि यो आवश्यक रहेको उनको भनाई छ । यो नहुँदा कारोबार मै समस्या आउँछ भन्नु कुतर्क मात्र रहेको उनको दाबी छ । 

उनले प्रि ओपन सेसनको कारोबारको नियम पनि पुनरावलोकन गर्ने विषयमा छलफल भईरहेको बताए । हाललाई प्रि ओपनलाई यथावत राख्ने निर्णय भएपनि प्रि ओपनको ५ प्रतिशत घटबढको सीमा परिवर्तन हुन सक्ने उनको भनाई छ । प्रि ओपनमा हुने कारोबारलाई पनि निगरानीमा  राख्न नेप्सेलाई निर्देशन दिईएको उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved