नेपाल एग्रोलाई गाभ्न इन्फीनिटी लघुवित्तले बोलायो विशेष साधारणसभा, स्वाप कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2021 | 11:00:37 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्फीनिटी लघुवित्तले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार २१ गते सोमबार आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो  ।

कम्पनीले नेपाल एग्रो लघुवित्तलाई गाभ्ने प्रस्ताव पारित गर्न गर्न सभा आह्वान गरेको हो  । सभामा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यू मार्फत प्रस्तुत हुने प्रतिवेदनलाई छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुने छ।

त्यस्तै इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने प्रयोजनको लागि मूल्याँकनकर्ताबाट प्राप्त नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको चल÷अचल सम्पत्ति र दायित्व मूल्याँकन प्रतिवेदन (Due Deligensce Audit-DDA), प्राप्ति पछिका व्यवसायिक अवसरहरु, सम्पत्ति एवं दायित्वको बजार मूल्य, वर्तमान जोखिम अवस्था समेतको आधारमा आपसी सहमति बमोजिम निर्धारण गरिएको नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० (एक सय) कित्ता शेयरलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९८ (अन्ठानब्बे) कित्ता शेयर  (१ः०.९८) दिने गरी शेयर मूल्य अनुपात स्वाप रेसियो कायम गर्ने र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्न स्वीकृत प्रदान गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव पेश हुने छ।

त्यस्तै हालसम्म भएका सम्झौता र कार्यहरु अनुमोदन गर्ने र कम्पनीको नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव पेश हुने छ। नियामक निकाय थप संशोधन गर्न निर्देशन दिए सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ । 

साधारणसभा प्रयोजनको लागि कम्पनीले असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

 राष्ट्र बैंकले जेठ ११ गते गाभ्न गाभिनको लागि सैदान्तिक स्वीकृति प्रदान गरेको थियो ।  इन्फीनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई गाभ्नको लागि गत माघ २ मा सम्झौता गरेको थियो । इन्फीनिटी लघुवित्तको केन्द्रिय कार्यालय गैडाकोट नवलपुरमा रहेको छ भने नेपाल एग्रोको केन्द्रिय कार्यालय पोखरामा रहेको छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved